Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बुटवल तालिम केन्द्रका एसएसपी ज्ञवालीद्वारा उत्कृष्ठ प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसा वितरण

बुटवल तालिम केन्द्रका एसएसपी ज्ञवालीद्वारा उत्कृष्ठ प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसा वितरण

बुटवल : नेपाल प्रहरीको ७१औं स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलले विशेष कार्यक्रम गरि समारोह सम्पन्न गरेको छ ।

शुक्रबार केन्द्रका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीको प्रमुख आतिथ्यतामा प्रदेशस्तरीय समारोहमा कर्तव्य पालनाको सिलसिलामा राष्ट्रका लागि प्राण आहुती दिने वीर अमर प्रहरीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण, अमर प्रहरी परिवार र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूसँग पुनर्मिलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरू, अमर प्रहरी परिवारका सदस्यहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, सकल दर्जाका प्रहरी कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट