काठमाडौं : गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन् ।
गृहमन्त्री गुरुङ आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा गरेपछि कुमारीको दर्शन गर्न पुगेका थिए । उनले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गरेका हुन् ।
दसैँको फूलपातीका दिन तलेजु भवानीको पूजा आराधना र जीवित देवी कुमारीको दर्शनलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij