झापा : झापाको अर्जुनधारामा अवैध रूपमा तास/जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ। अर्जुनधारा नगरपालिका वडा नं. ०५ ओमचौकस्थित सीताराम थापाको घरमा अवैध रूपमा तास र जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो।
शुक्रबार राति करिब १०:१० बजेको समयमा पुगेको टोलीले रीतपूर्वक खानतलासी गर्दा तास खेलिरहेका ६ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा अर्जुनधारा न.पा.-०५ बस्ने ४१ वर्षीय किशोर थापा, ५५ वर्षीय सीताराम थापा, ४२ वर्षीय यम चौहान, ४५ वर्षीय नीरज कुमार खनाल, ३८ वर्षीय बल बहादुर बुढाथोकी र ३४ वर्षीय रोहित अधिकारी रहेका छन्।
उनीहरूको साथबाट १ लाख २२ हजार ७ सय ८० रुपैयाँ नगद र २ बुड तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij