Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिको अध्यक्षमा विक्रम गुरुङ निर्विरोध निर्वाचित

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिको अध्यक्षमा विक्रम गुरुङ निर्विरोध निर्वाचित

चितवन :  स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा विक्रम गुरुङ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको शुक्रबार सम्पन्न १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरिएको हो ।

अधिवेशनबाट नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा उजिर सिंह थापा, सचिवमा चेतबहादुर श्रेष्ठ र कोषाध्यक्षमा उर्मिला गौतम निर्वाचित भएका छन् भने सञ्चालक समिति सदस्यहरूमा प्रभु थापा मगर, राखी गुरुङ र मोतीराम चौधरी निर्वाचित भएका छन् ।

त्यसैगरी, लेखा सुपरीवेक्षण समितिको संयोजकमा चम्पा तामाङ तथा सदस्यहरूमा शशिकला परियार र देवी कुमाल निर्विरोध चुनिएका छन् ।

 

group.jpg
undefined


सहकारी क्षेत्रसँगै सामाजिक गतिविधिमा समेत सक्रिय नवनिर्वाचित अध्यक्ष गुरुङको नेतृत्वमा संस्थाले आगामी दिनमा सदस्यहरूको आर्थिक सशक्तीकरण, सहकारीको संस्थागत विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।गुरुङ तमु प्ये ल्हु संघ चितवनको अध्यक्षका रूपमा समेत दोस्रो कार्यकालमा नेतृत्व गरिरहेका छन् । उनी समुदायमा सामाजिक छवि र व्यक्तित्व स्थापित गरेका व्यक्तित्वका रूपमा परिचित छन् ।

संस्थाका अध्यक्ष कृष्णकुमार तामाङको सभापतित्वमा सम्पन्न सभाले आगामी चार वर्ष ९२०८३–२०८७० का लागि नयाँ सञ्चालक समिति चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट