Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

प्रधानमन्त्री शाहको सन्देश : आर्थिक अभावका कारण दशैँ बोझ बन्न नदिने

प्रधानमन्त्री शाहको सन्देश : आर्थिक अभावका कारण दशैँ बोझ बन्न नदिने

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासनको मार्गमा हिँडाउन वर्तमान सरकार अहोरात्र खटिरहेको बताएका छन्। बडादशैँको पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नागरिकको आर्थिक सम्पन्नताले नै हरेक चाडपर्वको रौनक थप्नेपनि उल्लेख गरेका छन्।

दशैँजस्तो महापर्व आर्थिक अभावका कारण कसैका लागि पनि बोझ बन्न नहुनेमा सरकार पूर्ण रूपमा सचेत रहेको प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन्। ‘आर्थिक सम्पन्नताको बाटोमा यथोचित पाइला अघि बढाउँदै देशलाई सुशासनको मार्गमा हिँडाउन वर्तमान सरकार अहोरात्र खटिइरहेको जानकारी गराउन चाहन्छु,’ शुभकामना सन्देशमा उनले भनेका छन्।


शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले दशैँको मूल मर्म अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजय भएको स्मरण गराउँदै सबैलाई सत्य र सुशासनको मार्गमा हिँड्नपनि आह्वान गरेका छन्।

उनले भनेका छन्, ‘दशैँको अन्तर्यमा रहेको सत्यको विजयलाई आत्मसात् गर्दै सत्यको बाटोमा र सुशासनको बाटोमा हिँड्न माता दुर्गाभवानीको सत्प्रेरणा र कृपा हामी सबैमा सदैव परिरहोस्।’ प्रधानमन्त्री शाहले दशैँलाई तडकभडकभन्दा पनि सभ्य, भव्य र आत्मीय वातावरणमा मनाउन सम्पूर्ण नेपालीहरूमा अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट