Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

महँगी र ग्यास अभावले जनजीवन अस्तव्यस्त बनेको एमाले सचिव बस्नेतको दाबी

महँगी र ग्यास अभावले जनजीवन अस्तव्यस्त बनेको एमाले सचिव बस्नेतको दाबी

काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताएका छन् ।नेकपा एमाले वागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरे । दशैँ, तिहार, छठ जस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा बढ्दो महंगीले सर्वसाधारणलाई थप आर्थिक भार परेको उनको भनाई छ ।अघिल्लो वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिक यसवर्ष महंगीले चाडपर्व मनाउन नसक्ने अवस्थामा पुगेको उनले बताए । ग्यासको अभावमा उपभोक्ता अझै लाइन बस्नुपर्ने अवस्थामा रहेको उनको भनाई छ ।

उनले भने, ‘जनताले विकास, समृद्धि, सुखका सबै कुराहरू बिर्सिसकेका छन् । आज जनताहरू यति धेरै आतंकित छन् कि अब हामीलाई आतंक मुक्त वातावरण चाहियो भनिरहेका छन् । अब हामीलाई शान्ति सुरक्षा चाहियो भनिरहेका छन् । र हिजोको जनताको मागका इस्युहरु नै डाइभर्ट भएको स्थिति छ । दसैँ, तिहार, छठ, ल्होसार लगायतका पर्वहरू आइरहँदा महङ्गीले जनताको टाउकोमा यति भार थपेको छ कि अघिल्लो वर्ष जुन सहजताका साथ जनताहरूले यी पर्वहरू मनाएका थिए, यसपालि त्यो सहजताका साथ यो पर्व मनाउन सक्ने अवस्था छैन । ग्यास नपाएर लाइन बस्नुपर्ने अवस्था छ । खाद्य सामग्रीको मूल्य दुई सय प्रतिशत भन्दा बढी बढेको छ । दैनिक जबन जनजीवन निकै अस्तव्यस्त छ ।’उनले जनता पछिल्लो समय आतंकित बनेको बताए । सरकारको रबैयाका कारण जनताले शान्ति सुरक्षा, विकास र समृद्धिका कुरा नै बिर्सिसकेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट