Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चार सवारीसाधन ठोक्किँदा ६ जना घाइते

चार सवारीसाधन ठोक्किँदा ६ जना घाइते

बुटवल : दाङको लमही नगरपालिका–१ सुण्डबरीमा चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा छ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जना उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो पूर्वपश्चिम राजमार्गमा नेपालगन्जबाट चन्द्रौटातर्फ जाँदै गरेको ग्यास बोकेको भे १ क १८०१ नम्बरको ट्रकले ब्रेक लगाउँदा पछाडिबाट आएको क १ ख ५ नम्बरको ट्रक ठोक्किएको थियो। त्यसपछि सोही दिशाबाट आउँदै गरेका बा.प्र.०६–००६ प ९१८७ र रा ८ प २२९० नम्बरका मोटरसाइकलसमेत ठोक्किएका थिए।

दुर्घटनामा क १ ख ५ नम्बरको ट्रक चालक जाजरकोटको कुसे गाउँपालिका–२ डुग्री निवासी ४५ वर्षीय जनक सिंह घाइते भएका छन्। त्यस्तै, बा.प्र.०६–००६ प ९१८७ नम्बरको मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–१ बनकट्टा निवासी २५ वर्षीय मनिष थापा र पछाडि सवार पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सा निवासी २३ वर्षीय भिसमल थापा मगर घाइते भएका छन्।


अर्को मोटरसाइकलका चालक दाङको गढवा गाउँपालिका–२ कोठरी निवासी २२ वर्षीय विकल्प चौधरी, पछाडि सवार २७ वर्षीय अमिर चौधरी र उनका सात वर्षीय छोरा अमोस चौधरी घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था मध्यम र बालक अमोसको अवस्था सामान्य छ। दुर्घटनापछि प्रहरीले चारवटै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट