Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनका राजेन्द्र ओली महासंघको घरेलु तथा साना उद्योग समितिमा मनोनित

चितवनका राजेन्द्र ओली महासंघको घरेलु तथा साना उद्योग समितिमा मनोनित

चितवन : उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग समितिमा आमन्त्रित सदस्यका रूपमा मनोनित भएका छन्।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले ओलीलाई समितिको आमन्त्रित सदस्यमा मनोनित गरेका हुन्। मनोनयनप्रति आभार व्यक्त गर्दै ओलीले घरेलु तथा साना उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन र उद्योगीका समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताएका छन्।

उनले घरेलु तथा साना उद्योगीहरू उत्पादन बढाउन, रोजगारी सिर्जना गर्न र देशको अर्थतन्त्रमा योगदान दिन इच्छुक भए पनि पुँजीको अभाव, बजारको चुनौती, नीतिगत जटिलता र राज्यको पर्याप्त सहयोग नहुँदा उद्योग सञ्चालन गर्न कठिनाइ भइरहेको उल्लेख गरेका छन्।

स्वदेशी उत्पादनको संरक्षण, सहुलियतपूर्ण कर्जाको व्यवस्था, सरल कर प्रणाली, सहज प्रशासनिक प्रक्रिया तथा उद्योगमैत्री नीति निर्माणमा सम्बन्धित निकायको ध्यान जानुपर्ने उनको भनाइ छ।
त्यस्तै, सरकारी खरिद प्रक्रियामा नेपाली उत्पादनलाई प्राथमिकता दिन सके स्वदेशी उद्योगको प्रवर्द्धनसँगै रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत योगदान पुग्ने ओलीले बताएका छन्।
महासंघको समितिमा आमन्त्रित सदस्यका रूपमा मनोनित गरेकोमा अध्यक्ष श्रेष्ठप्रति आभार व्यक्त गर्दै ओलीले घरेलु तथा साना उद्योगीका समस्या र आवश्यकतालाई सम्बन्धित निकायसम्म पुर्‍याउन आफूले पहल गर्ने सन्देश दिएका छन्। उनको मनोनयनसँगै चितवनका घरेलु तथा साना उद्योगीका मुद्दालाई राष्ट्रियस्तरमा उठाउने अवसर प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट