Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बाढीपीडितलाई नेपाल कपास उद्योग महासंघको राहत, ५५ परिवारलाई सामग्री वितरण

बाढीपीडितलाई नेपाल कपास उद्योग महासंघको राहत, ५५ परिवारलाई सामग्री वितरण

रसुवा :  रसुवा र नुवाकोटका बाढीपीडित परिवारलाई नेपाल कपास उद्योग महासंघले राहत सामग्री वितरण गरेको छ। विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले महासंघले आवश्यक सामग्रीसहित राहत वितरण गरेको हो।

महासंघकी अध्यक्ष चन्दना कोइराला पौडेलको नेतृत्वमा रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडित तथा नुवाकोटको विदुर नगरपालिका–१, ढुंगे बजारका करिब ५५ परिवारलाई राहत सामग्री प्रदान गरिएको हो।

राहतस्वरूप प्रभावित परिवारलाई सिरक, डसना, तन्ना, सिरानी तथा चामल वितरण गरिएको महासंघले जनाएको छ। बाढीका कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउँदै केही राहत महसुस गराउने उद्देश्यले सहयोग गरिएको अध्यक्ष पौडेलले बताउनुभयो।

विपद्को कठिन घडीमा पीडित परिवारको साथमा उभिँदै महासंघले मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट