Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नारायणी नदीबाट बस्ती जोगाउन नेपाली सेनाले रातभरिमा बनायो तटबन्ध

नारायणी नदीबाट बस्ती जोगाउन नेपाली सेनाले रातभरिमा बनायो तटबन्ध

काठमाडौँ  : नवलपरासी, सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीको कटानबाट बस्ती जोखिममा परेपछि नेपाली सेनाले गएको रातभरि अस्थायी तटबन्ध निर्माण गरेको छ ।  

गोरखदल गणबाट खटिएको विपद् प्रतिकार्य तथा उद्धार टोलीले रातभर अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको सहकार्यमा अस्थायी तटबन्ध निर्माण गरेको हो ।  

जोखिमयुक्त स्थानमा अस्थायी तटबन्ध निर्माण तथा मर्मत–सम्भार गरी नदी कटान नियन्त्रण र बस्ती संरक्षणमा सहयोग पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट