Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

गगन थापालाई प्रदीप पौडेलको बधाई :  ‘हामी युग बदल्ने सङ्कल्प लिएर आएका छौँ’

गगन थापालाई प्रदीप पौडेलको बधाई :  ‘हामी युग बदल्ने सङ्कल्प लिएर आएका छौँ’

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री खुलातर्फका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापालाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई तथा शुभकामना दिएका छन्। कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अभिभाराको प्रमुख नेतृत्व प्राप्त गरेकोमा उनले थापालाई बधाई ज्ञापन गरेका हुन्।आफ्नो शुभकामना सन्देशमा पौडेलले युग बदल्ने सङ्कल्पका साथ अघि बढेको उल्लेख गर्दै आगामी बाटो सजिलो नभएको र चुनौतीका पहाडहरू थुप्रै रहेको औँल्याएका छन्। तर यस्ता चुनौतीका बिच पनि अलमलिने र थाक्ने कुनै छुट नरहेको उनले स्पष्ट पारेका छन्। 

बदलिएको कांग्रेस र बदलिने देश नै अबको कर्म र परिणाम बन्नुपर्नेमा उनले जोड दिएका छन्। पार्टीलाई अघि बढाउने यात्रामा आफू सधैँ इमानदार सहयात्रीका रूपमा साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै पौडेलले नवनिर्वाचित सभापति थापाको सफल कार्यकालको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट