Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त

परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त

काठमाडौं  : परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा पत्रकार जगदीश्वर पाण्डे पाण्डे नियुक्त भएका छन्।मन्त्रिपरिषद्ले पाण्डेलाई विशिष्ट श्रेणी (सचिव) सरहको सल्लाहकारमा नियुक्त गरेको हो।

यसअघि पाण्डेले कूटनीति तथा परराष्ट्र मामिलामा केन्द्रित अंग्रेजी भाषाको पत्रिका द डिप्लोम्याट नेपालका संस्थापक सम्पादकको रुपमा काम गरेका थिए ।

उनीसँग कान्तिपुर दैनिक र द हिमालयन टाइम्समा परराष्ट्र नीति, रक्षा, राजनीतिक विषय, अन्तर्राष्ट्रिय विकास तथा खेलकुदसम्बन्धी रिपोर्टिङको अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट