काठमाडौँ : ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत सम्बोधन हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले जारी गरेको विज्ञप्तिमा त्यसप्रकारका गुनासा मुख्यसचिवमार्फत प्रभावकारी रुपमा सम्बोधन हुने व्यवस्था मिलाइएको जनाइएको छ।
“स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, ठेक्का पट्टा र निर्माण कार्यमा अनियमितता भ्रष्टाचार र बेथितिलगायतका गुनासोहरू हेलो सरकारको पोर्टल तथा सुनुवाइका विभिन्न पोर्टलमार्फत प्राप्त भइरहेकाले उल्लेखित गुनासोहरू नेपाल सरकारका मुख्य सचिवमार्फत प्रभावकारी रुपमा सम्बोधन हुने व्यवस्था मिलाइएको छ”, विज्ञप्तिमा भनिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij