Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई भत्ता दिइने

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई भत्ता दिइने

काठमाडौँ : मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा उच्च जोखिममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको छ।

उद्धारमा खटिने कर्मचारीलाई मासिक रूपमा तलबको १५ प्रतिशत भत्ता दिने र खटिएको दिनमा ५ सयको दरले उच्च जोखिम भत्ता दिने निर्णय भएको हो।

उच्च जोखिममा खटिने गोताखोर तथा हिमाली क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई उच्च जोखिम भत्ता दिने नेपाल सरकारको निर्णय सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। यो निर्णयले उच्च जोखिममा खटिने प्रहरी कर्मचारीहरूको उच्च मनोबल रहनेछ भने उनीहरूको आर्थिक रूपमा सुधार हुने विश्वास लिएको छ।

सशस्त्र प्रहरी कर्मचारीहरूलाई यो निर्णयले फिल्डमा खटिन थप बल पुग्ने र हौसला मिल्ने अपेक्षा गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले यो विषयलाई उच्च प्राथमिकतामा राखेका थिए। तदनुसार आज नेपाल सरकारबाट यो निर्णय भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट