Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रिडी-वामी सडक तल्ला फाँटमा अवरुद्ध

रिडी-वामी सडक तल्ला फाँटमा अवरुद्ध

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका-५ तल्लो फाँटस्थित रिडी-वामी सडक खण्डमा रहेको ठाँडो गिरु खोलाको बहाव बढ्दा सडक कटान भएको छ ।

सडक कटानसँगै उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान करिब ७:१५ बजे सडक कटान भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी पोस्ट इन्द्रेगौडाबाट प्रहरी वरिष्ठ हवल्दार गोरबहादुर एडीको कमाण्डमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीका अनुसार निरन्तर वर्षाका कारण खोलाको बहाव बढेर सडक बगाएको हो । सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । सडक अवरुद्ध भएपछि यो मार्ग हुँदै यात्रा गर्ने सवारीसाधन र यात्रुलाई वैकल्पिक व्यवस्था अपनाउन तथा आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट