Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ  : अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोकिएको छ ।

सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकमा पनि सवारी आवागमनमा रोक लगाइएको छ । कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

केहीबेरअघि मात्रै नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेको र सेती दोभानमा लेदो खस्न थालेकाले दुइतर्फी सडक आवागमन बन्द भएको छ । अहिले पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । जसका कारण जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट