Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ। रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंहलाई दोषी ठहर गरेको हो। 

५० हजार घुससहित सिंहलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । अदालतले सिंहलाई एक महिना कैद र ५० हजार जरिवानाको सजाय सुनाएको छ।

रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि उनले ५० हजार घुस लिएका थिए। अख्तियारको टोलीले गत १७ चैतमा उनलाई रंगेहात पक्राउ गरी २१ वैशाखमा मुद्दा दायर गरेको हो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट