Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जाजरकोट पहिरो : एक महिलाको मृत्यु, दुईजनाको उद्धार

जाजरकोट पहिरो : एक महिलाको मृत्यु, दुईजनाको उद्धार

काठमाडौं : जाजरकोटमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ भने घटनास्थलबाट दुई जनाको सकुशल उद्धार गरिएको छ। जिल्लाको भेरी नगरपालिका–२, राङ्सी निवासी करिब ६० वर्षीया जयशीला शाहको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रहरीका अनुसार अस्थायी टहरामाथिबाट खसेको पहिरोले टहरा पुरिँदा शाहको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलबाट शाहकी ४० वर्षीया छोरी मेनुका थापा र ७ वर्षीया नातिनी टिका थापाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट