Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

बाढीले पुल र होटल बगायो,नयाँपुल–घान्द्रुक सडक र पदमार्ग अवरुद्ध

बाढीले पुल र होटल बगायो,नयाँपुल–घान्द्रुक सडक र पदमार्ग अवरुद्ध

कास्की : कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा हिजो आएको बाढीका कारण मोदी खोलाको पानीको सतह बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ। 

बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रुपमा बगाएको छ। स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए। उनका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रुपमा बन्द भएको छ। 

यसैगरी बाढीले किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल समेत बगाएको छ। अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा पर्यटकको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। गाउँपालिकाका अध्यक्ष केसीले किम्रुङ खोलामा लेदोसहितको बाढी आउँदा मोदी खोलामा पानीको सतह बढ्दा क्षति पुगेको बताए। 

यसैबिच बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। अविरल वर्षासंगै आज बिहान अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीमा पहिरो जाँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। 

कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८, भर्याङडाँडामा अस्ति खसेको पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको सडक अझै खुलेको छैन्। मेची राजमार्गअन्र्तगत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट