उद्योग विभागका उपसचिव श्रीकृष्ण पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८२।८३ को असार २६ गतेसम्म विभागमा ५७१ वटा उजुरी दर्ता भएका छन्। उनले यही आर्थिक वर्षभित्र ७३४ वटा उजुरीमाथि निर्णय गरिएको बताए।
काठमाडौँमा आयोजित अन्तरसंवाद कार्यक्रममा विगत पाँच वर्षको तथ्यांक प्रस्तुत गर्दै उनले प्रतिलिपि अधिकारका लागि उजुरी दिनेको संख्या बढ्दै गएको बताए। उनका अनुसार आव २०७७।७८ मा ३३४ वटा उजुरी दर्ता भएकामध्ये १७० वटामा निर्णय भएको थियो। आव २०७९।८० मा ३ सय उजुरी परेकोमा १५३ वटा टुंग्याइएको पौडेलले जानकारी दिए।
उनले आव २०८०।८१ मा उजुरीको संख्या बढेर ५२४ पुगे पनि १११ वटामा मात्र निर्णय भएको बताए। उनका अनुसार आव २०८१।८२ मा ३८६ वटा उजुरी दर्ता भएकोमा अघिल्ला वर्षका मुद्दासमेत गरी ४८३ वटामा फैसला गरिएको बताए।
पौडेलले भने, ‘बौद्धिक सम्पत्ति संरक्षण र सुरक्षासम्बन्धी मुद्दा यो विभागमा आर्थिक वर्ष २०७७।७८ मा ३३४ वटा उजुरी परेकोमा १७० उजुरीउपर फैसला वा निर्णय भइसकेको छ। आव २०७९।८० मा ३०० वटा उजुरी परेकोमा १५३ वटा उजुरीउपर विभागले फैसला गरेको छ। चालु आर्थिक वर्ष २०८२।८२ को असार २६ गतेसम्म ५७१ वटा उजुरी दर्ता भएकोमा ७३४ वटा फैसला भएका छन्। पछिल्लो समय बौद्धिक सम्पत्ति चोरीविरुद्ध विभागसँगै अदालतमा समेत उजुरी दर्ता हुनेक्रम बढ्दै गएको छ।'
उनले जनशक्तिको अभाव र प्रमाण जुटाउने कार्यले गर्दा उजुरीउपर फैसलामा ढिलाइ हुने गरेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij