Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मौसम : आज राति भारी वर्षाको सम्भावना

मौसम : आज राति भारी वर्षाको सम्भावना

काठमाडौं  : जल तथा मौसम विज्ञान विभागले आज राति देशका विभिन्न भूभागमा भारीदेखि अति भारीसम्मको वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।विभागले आइतबार साँझ मौसमसम्बन्धी अपडेट जारी गर्दै मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सबैसँग आग्रह गरेको  हो ।

विभागका अनुसार आज राति र सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी देखि धेरै भारीसम्म वर्षाको सम्भावना रहेको छ । यसैगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट