काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारीसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।अन्सारी र सरिश्मा थापासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू डुबानमा परेपछि अन्सारीसहितका केही अभियन्ताहरू त्यहाँ पुगेका थिए ।
अन्सारीले आफूहरूलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको बताएका छन् । ‘प्रहरीले कुटपिट र लछारपछार गर्दै नियन्त्रणमा लिएको छ, मेरो नाकबाट रगत समेत आएको छ,’ उनले भने ।उनीहरूलाई अहिले कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij