Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु

अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु भएको छ । गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट हुँदा सिलिन्डरको टुक्राले लागेर पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा माकलबारी बस्ने ४६ वर्षीय विष्णु थापा छन् । सिलिन्डरको टुक्राले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट