Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कार्यक्षमता र समन्वयका लागि राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत ल्याउन आवश्यक : मन्त्री गौतम

कार्यक्षमता र समन्वयका लागि राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत ल्याउन आवश्यक : मन्त्री गौतम

काठमाडौँ : सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने गरी ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक संघीय संसदमा अघि बढाएको छ।

संसदमा जारी सैद्धान्तिक छलफलका क्रममा उक्त विधेयकको औचित्य पुष्टि गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कार्यक्षमता र समन्वयका लागि आवश्यक रहेको जिकिर गरिन्।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा राष्ट्रिय अनुसन्धान विभाग पहिले गृह मन्त्रालयअन्तर्गत रहेको भए पनि पछिल्लो समय अध्यादेशमार्फत प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको स्मरण गराइन्।

उक्त अध्यादेश निष्क्रिय भएपछि कानूनी रिक्तता हुन नदिन र साबिककै व्यवस्थालाई निरन्तरता दिन यो प्रतिस्थापन विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ छ।

सरकारकाअनुसार प्रधानमन्त्री मन्त्रिपरिषद्को प्रमुख र कार्यकारी प्रमुख हुनाले मुलुकको समग्र सुरक्षा व्यवस्था र रणनीतिक निर्णय लिन प्रत्यक्ष ‘इन्टेलिजेन्स’ सूचनाको आवश्यकता पर्दछ।

राज्यका सबै सूचनाहरू सिधै सरकार प्रमुखसम्म पुग्दा सुरक्षा संवेदनशीलतामा प्रभावकारिता आउने र निर्णय प्रक्रिया छिटो हुने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री कार्यालयबाट समन्वय गर्दा बढी प्रभावकारी हुने मन्त्री गौतमले बताइन्। छलफलका क्रममा सांसदहरूले उठाएको फोन ट्यापिङ र ‘इन्टरसेप्सन’ को विषयमा स्पष्ट पार्दै यो विधि गुप्तचर निकायले असामान्य अवस्थामा मात्र प्रयोग गर्ने एउटा विशिष्ट औजार भएको बताइन्र

यस्तो प्रविधिको प्रयोग राज्यको सुरक्षाका लागि मात्र गरिने र यो विधिको शासन तथा जवाफदेहिताको परिधिभित्र हुनुपर्नेमा मन्त्री गौतमले जोड दिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट