Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सेयर बजार घटिरहँदा बोर्डले भन्यो : विकासको कार्ययोजना ल्याउँदैछौं, हल्लामा नलाग्नु

सेयर बजार घटिरहँदा बोर्डले भन्यो : विकासको कार्ययोजना ल्याउँदैछौं, हल्लामा नलाग्नु

काठमाडौं : नेपाल धितोपत्र बोर्डले पूँजी बजार विकासका लागि आगामी सातासम्म समयबद्ध कार्ययोजना सार्वजनिक गर्ने भएको छ । एक विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले बजारमा देखिएका समस्याको समाधान र लगानीकर्ताको हकहित संरक्षणका लागि गृहकार्य गरिएको जनाएको छ ।

‘पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लगिने व्यहोरा जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ । धितोपत्र व्यवसायी तथा सम्बद्ध संस्थालाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन गराउने बोर्डले जनाएको छ ।

त्यस्तै सार्वजनिक निष्कासन प्रक्रिया र नियमन व्यवस्थालाई अझ व्यवस्थित गर्न विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली लगायतका अन्य नियमावली तथा सूचीकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायत अन्य कानुनी व्यवस्थामा समयसामयिक पुनरावलोकन गर्ने कार्य भइसकेको बोर्डले जनाएको छ ।

कसैको पनि हल्ला, बहकाउ तथा अफवाहमा नपरी आफ्नो अध्ययन, विश्लेषणमा आधारित रही जोखिम वहन क्षमता समेतलाई ध्यान दिइ सुझबुझपूर्वक लगानी सम्बन्धी निर्णय लिन बोर्डले अनुरोध समेत गरेको छ । सेयर बजार घटिरहेपछि बोर्डले यस्तो विज्ञप्ति सार्वजनिक गरेको हो । पछिल्लो तीन महिनामा बजार २५० अंक घटिसकेको छ । चैत २६ गते २८५१ अंकमा रहेको नेप्से परिसूचक हाल २६०१ मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट