Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सत्तारुढ रास्वपा सांसद कठरियाले भनिन्- ‘किसानको आँसुको व्यापार नगर्नूस्’

सत्तारुढ रास्वपा सांसद कठरियाले भनिन्- ‘किसानको आँसुको व्यापार नगर्नूस्’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरूले लाचार महशुस गर्नुपरेको बताएकी छिन्। 

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानका पीडा सुनेर सरकारको मन किन दुख्दैन ? भन्दै प्रश्न गरिन्। उनले किसान मल मिलाइदिनु भन्ने तर सरकार गोदाममा मल भनिरहने गरेको बताइन्। किसानको आँशुको व्यापार नगर्न पनि सरकारलाई सचेत गराइन्। 

सांसद कठरियाले किसानले बिरामी पर्दा समेत सिटामोलभन्दा पहिले मलको माग गरिरहेको बताइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट