Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौँ : ठुला भुक्तानीमा प्रयोग हुने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली बिदाको दिनमा समेत सञ्चालन हुने भएको छ ।

आर्थिक वर्षको अन्तिम समयमा हुने कारोबार तथा भुक्तानी चापलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको अन्तिम साताको सार्वजनिक बिदामा यो प्रणालीलाई खुला नै राख्न लागेको हो । राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै असार २७ गते शनिबार र २८ गते आइतबारका दिन यो प्रणाली यथावत् सञ्चालन गर्ने जनाएको छ ।

सबैजसो बैंक तथा वित्तीय संस्था आबद्ध रहेको यो प्रणाली राष्ट्र बैंकले नै सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट