Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

उपन्यासकार ‘गीता दिदी’ को निधन

उपन्यासकार ‘गीता दिदी’ को निधन

काठमाडौं : नेपाली साहित्यिक जगतमा ‘गीतादिदी’का रूपमा  उपन्यासकार गीता केशरीको निधन भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानकी पूर्व सदस्यसचिव ८६ वर्षीया केशरीको बिहीबार बिहान ७ बजे चाबहिलस्थित ओम अस्पतालमा निधन भएको  पारिवारिक स्रोतले जनाएको छ।

उनी विगत केही समयदेखि अल्जाइमर्स तथा हृदयरोगबाट पीडित थिइन्। स्वास्थ्यमा जटिलता देखिएपछि एक साताअघि उनलाई ओम अस्पतालमा भर्ना गरी सघन उपचार कक्षमा उपचार गरिँदै आएको थियो।

केशरीका कसिङ्गर, सौगात, आवाज र मुक्ति लगायत एक दर्जनभन्दा बढी उपन्यास प्रकाशित छन्। 

नेपाली उपन्यास लेखनमा उनले पुर्‍याउनुभएको योगदान स्मरणीय मानिन्छ। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीर पशुपति आर्यघाटस्थित विद्युत् शवदाह गृह अन्येष्टि गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij