Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

फोक्सुण्डो खोलाको खोँचमा अड्किएको शव दुई दिनपछि निकालियो

फोक्सुण्डो खोलाको खोँचमा अड्किएको शव दुई दिनपछि निकालियो

काठमाडौँ: डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित फोक्सुण्डो खोलाको बीचभागमा रहेको अप्ठ्यारो खोँचमा अड्किएको शव दुई दिनको अथक प्रयासपछि निकालिएको छ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार संग्राम शार्दुल गुल्मबाट खटिएको टोलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासीसँगको संयुक्त प्रयासमा असार १५ गते बिहान शवलाई खोँचबाट सुरक्षित रूपमा बाहिर निकालेको हो।

दुर्गम भूगोल र जोखिमपूर्ण अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण रहे पनि सुरक्षा निकाय र स्थानीयवासीको समन्वित प्रयासबाट शव निकाल्न सफल भएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट