Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चट्याङ लागेर एक महिलाको मृत्यु

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा :  सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए।

वर्षा हुरीसँगै आएको चट्याङले लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर उहाँ गम्भीर घाइते भएका थिए। राईको शव आजै जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ। शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट