Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सुकुमवासी हटाउन सेना खटाइएको छैन : अर्थमन्त्री

सुकुमवासी हटाउन सेना खटाइएको छैन : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सुकुमवासी बस्ती हटाउने क्रममा कुनै पनि स्थानमा नेपाली सेनालाई परिचालन नगरेको स्पष्ट पारेका छन्।बिहीबार प्रतिनिधिसभाको बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा सेना नभई नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय गरेर सुरक्षा तथा सहजीकरणको काम गरेको प्रष्टीकरण दिए।

मन्त्री वाग्लेले राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र सीमाको रक्षाका लागि सरकारको नीति तथा निर्देशनअनुसार आवश्यकताका आधारमा नेपाली सेनासहित सुरक्षा निकायको उपस्थिति मुलुकका विभिन्न क्षेत्रमा रहने बताए।

वाग्लेले सुरक्षा निकायको नियमित जिम्मेवारी र सुकुमवासी व्यवस्थापनका क्रममा भएको सुरक्षा सहजीकरणलाई फरक रूपमा बुझ्न आग्रह गरे।‘नेपाल सरकारले नेपाली सेनालाई सुकुमसी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा खटाएको थिएन। जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षा र सहजीकरणको प्रबन्ध गरेको व्यहोरा जानकारी गराउन चाहन्छु’ उनले भने, ‘मुलुकको भौगोलिक अखण्डता र सीमाको रक्षार्थ राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेश र निर्देशनबमोजिम मुलुकको सबै भूभागमा आवश्यकताअनुसार नेपाली सेना लगायतका अन्य सुरक्षा निकायको उपस्थिति हुने गरेको व्यहोरा माननीयज्यूहरुलाई जानकारी गराउन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij