पाल्पा : पाल्पाको आर्यभञ्ज्याङ नजिक सिद्धार्थ राजमार्गमा बस र ईभी भ्यान एकआपसमा ठोक्किँदा ६ भन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij