Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अछाममा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरु

अछाममा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरु

अछाम : सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित मेल्लेख गाउँपालिका–४ मा रहेको श्री बासुकी माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। 

भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउँदले मंगलबार एक कार्यक्रमका बिच संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्। भारत सरकारको करिब ३ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोगमा यो विद्यालय भवन निर्माण हुन लागेको हो। यो परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत मेल्लेख गाउँपालिका, अछाममार्फत कार्यान्वयन गरिने भारतीय राजदूतावासले जनाएको छ।

शिलान्यास समारोहमा बोल्दै मेल्लेख गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरे। नयाँ पूर्वाधार निर्माण भएपछि यस क्षेत्रका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण थप सुदृढ र प्रभावकारी हुने विश्वास उनीहरूले व्यक्त गरेका छन्। उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्ने र नेपालको विकास तथा समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट