Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

एमालेले भन्यो, कार्की आयोगको प्रतिवेदन र मन्त्रिपरिषद्को निर्णय खारेज गर

एमालेले भन्यो, कार्की आयोगको प्रतिवेदन र मन्त्रिपरिषद्को निर्णय खारेज गर

काठमाडौँ  : नेकपा (एमाले) ले जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयको विरोध गरेको छ । एमालेले उक्त निर्णय र प्रतिवेदन दुवै खारेज गर्न माग गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्की आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही’ र मन्त्रिपरिषद् को निर्णयलाई ‘प्रतिशोधपूर्ण’ को संज्ञा दिएका हुन् ।

 

आजै बालेन शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार एमाले अध्यक्ष केपी ओली पक्राउ पर्ने अवस्था आएपछि एमाले महासचिव पोखरेलले विरोध गरेका हुन् । 

महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, 'कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर ! मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर !'

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट