Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकसँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठनपछि पत्रकारसँगको संक्षिप्त प्रतिक्रिया दिँदै उनले रास्वपाको नेतृत्वमा सरकार गठन हुँदा आफूलाई गर्वको महसुस भएको र अब वाचा कार्यान्वयतर्फ अघि बढेको बताए।

उनले वाचापत्रमार्फत परिवर्तन ल्याउने बाचा नागरिकसँग गरेका स्मरण गर्दै त्यो जिम्मेवारी आफ्नो काँधमा आएको पनि बताए । उनले भने, “त्यो पूरा गर्ने दायित्व र जिम्मेवारी हाम्रो काँधमा रहेको छ, मलाई विश्वास छ हामी त्यो जिम्मेवारी पूरा गर्छौँ ।”

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट