Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

धरपकड तथा राजनीतिक प्रतिशोधको बाटो अपनाए देश पुनः द्वन्द्वतर्फ धकेलिने एमाले सचिव बस्नेतको चेतावनी

धरपकड तथा राजनीतिक प्रतिशोधको बाटो अपनाए देश पुनः द्वन्द्वतर्फ धकेलिने एमाले सचिव बस्नेतको चेतावनी

काठमाडौं  : नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषदको पहिलो बैठकले गौरीबहादुर कार्कीको प्रतिवेदनबारे गरेको निर्णयमा आपत्ति जनाएका छन् ।

सुरक्षाकर्मी र तत्कालीन राजनीतिक नेतृत्वका हकमा लिएको फरक निर्णय कुटिल र षडयन्त्रपूर्ण रहेको उनको टिप्पणी छ ।

फेसबुकमा स्टाटस लेख्दै बस्नेतले यसको प्रतिवाद गर्ने बताएका छन् ।उनले लेखेका छन्, ‘कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने उसको पहिलो गाँसमै ढुङ्गा पर्ने मात्र होइन, देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्छ । यस्ता पक्षपाती निर्णयहरू कुनै पनि हालतमा स्वीकार्य हुँदैनन् । न्याय सबैका लागि समान हुनुपर्छ, अन्यथा यसको विरुद्ध सशक्त प्रतिरोध अवश्य हुनेछ ।’

भदौ २३ मा आन्दोलन भड्काउने, स्कुले पोशाकमा बालबालिकालाई जबरजस्ती सडकमा उतार्ने, र भदौ २४ मा उग्र उपद्रो मच्चाउनेहरू सांसद, मन्त्री र प्रधानमन्त्रीसमेत बनेको टिप्पणी बस्नेतको छ । सबैमाथि निष्पक्ष अनुसन्धान गरी कारबाही हुनुपर्ने उनले बताएका छन् ।

‘विभिन्न सन्देहास्पद गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको रकम अपराधमा प्रयोग भएको आशंका गम्भीर छ, शक्तिको आडमा गरिने यस्ता आतंककारी गतिविधि र त्यसको नेतृत्व समाजका लागि कदापि स्वीकार्य हुन सक्दैन,’ बस्नेतले भनेका छन्, ‘सबै पक्षको निष्पक्ष अनुसन्धान बिना चालिने कुनै पनि कदम पूर्वाग्रहपूर्ण हुनेछ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट