Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा बाँडियो लड्डु

प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा बाँडियो लड्डु

महोत्तरी : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा गाउँपालिकामा खुसीयाली मनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाह प्रधानमन्त्रीमा नियुक्त भएसँगै पुर्ख्यौली गाउँमा दीपावली गरेर खुसीयाली मनाइएको हो ।

शाह प्रधानमन्त्री भएको अवसरमा स्थानीयले मिठाई बाँड्नुका साथै पटाका फोडेर दीपावली मनाएका छन् । आफ्नै गाउँको तथा मधेसी मूलको छोरो मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेपछि स्थानीयहरूमा गर्व र उत्साह दुवै झल्किएको छ । बालेनको परिवारसँग लामो समयदेखि सम्बन्ध रहँदै आएका स्थानीयहरूले उनको स्वभाव सरल, इमान्दार र सहयोगी रहेको बताउँछन् ।

एक स्थानीयले भने ,‘मुलुकमा भ्रष्टाचार र अनियमितता व्याप्त भइरहेको बेला विकास र सुशासनको मोडेल काठमाडौँ महानगरको कार्यसम्पादनबाट देखाइसक्नुभएको उहाँ आज प्रधानमन्त्री हुँदा हामी निकै खुसी छौँ । हामी आज यही खुसीयालीमा दीपावली मनाइरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट