Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कृषिमा पदभार ग्रहण गरेर वन मन्त्रालयतर्फ लागिन् मन्त्री गीता चौधरी

कृषिमा पदभार ग्रहण गरेर वन मन्त्रालयतर्फ लागिन् मन्त्री गीता चौधरी

काठमाडौं : नवनियुक्त कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणलगत्तै सिंहदरबार पुगेर मन्त्री चौधरीले पदभार ग्रहण गरेकी हुन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पदभार ग्रहण गरेर उनी वन तथा वातावरण मन्त्रालयमा जाँदै गरेको कृषि मन्त्रालयका सहसचिव जानुका पण्डितले बताइन् । 

'उहाँले पहिले कृषि मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो । अहिले हामी वन तथा वातावरण मन्त्रालय जाँदै छौं,' सहसचिव पण्डितले भनिन्, 'उहाँले अहिलेसम्म कुनै पनि निर्णय गर्नुभएको छैन ।'

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट