Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बागलुङमा एक हजारका नक्कली नोट फेला

बागलुङमा एक हजारका नक्कली नोट फेला

बागलुङ : बागलुङ बजारमा एक हजारका नक्कली नोट फेला परेका छन् । सेवाग्राहीले जम्मा गर्न ल्याएको रकम नक्कली भएको पाइएको हो। 

नेपाल लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुवँरले बागलुङ बजारका विभिन्न बैंकमा १८ वटा भन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेको बताए।

बागलुङ स्थित नेपाल बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकमा जम्मा गर्न ल्याइएका एक हजारका नाेट नक्कली फेला परेका उनको भनाइ छ।

कतिपय नम्बरका नोट दोहोरो फेला पर्न थालेकाले सचेत रहन आग्रह गरिएकाे छ । नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह फरक पाइएको र नम्बरनै एउटै पाइएको कुवँरले बताए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij