Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर

काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर

काठमाडौँ : राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । काठमाडौँ बिहीबार बिहान विश्वकै प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको हो ।
आईक्यू एयरको तथ्याङ्क अनुसार काठमाडौँ बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको छ । हाल यहाँ हावाको एक्यूआई १८८ रहेको छ । यहाँको हावामा पीएम २.५ को अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २१.७ गुणा बढी रहेको छ ।

विश्वकै प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल सहर छ । भारतको राजधानी नयाँ दिल्ली काठमाडौँपछि पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij