चितवन : भरतपुर महानगरपालिका–१६ स्थित छाहारी चोक नजिकै मिनी ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार साँझ करिब ६ः३० बजेको समयमा ना ६ ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ३१ प २११४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ निवासी २८ वर्षीय कुलबहादुर मगर गम्भीर घाइते भएका थिए। घाइते मगरको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचारका क्रममा माघ २४ गते बिहान १ः५१ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुबै सवारी साधन र मिनी ट्रक चालक भरतपुर महानगरपालिका–१ रामनगर निवासी ५२ वर्षीय अम्मर थापा वडा प्रहरी कार्यालय नारायणगढको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij