Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

पुरानै शैलीमा पुनर्निर्माण हुँदैछ गहना पोखरी

पुरानै शैलीमा पुनर्निर्माण हुँदैछ गहना पोखरी

काठमाडौँ : काठमाडौँको हाडीगाउँमा रहेको प्रसिद्ध ऐतिहासिक सम्पदास्थल मध्ये एक गहना पोखरीको अहिले धमाधम पुनर्निर्माण चलिरहेको छ। सम्पदा क्षेत्र संरक्षण र सहरी विकास कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिकाको पहलमा यहाँ पुनर्निर्माणको काम भइरहेको छ। क्षमा पूजा गरी काठमाडौँ महानगरपालिकाको पहलमा पोखरी र आसपासको क्षेत्रको संरचनाको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ। करिब ५२ देखि ५५ लाख खर्च गरेर यस पोखरीलाई पुरानै शैलीमा निर्माण गरिनेछ । साथै फुटपाथ अलि ठुलो बनाउने, फाल्चा बनाउने, बालमैत्री क्षेत्र र हरियाली क्षेत्र बढाउने सहितका पर्यटक सहायताका केन्द्र स्थापना लगायतका काम भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट