Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

निजी साझेदारी मोडेलका सबै परियोजना अघि बढाउन अर्थमन्त्रीको निर्देशन

निजी साझेदारी मोडेलका सबै परियोजना अघि बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ : अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले मंगलबार लगानी बोर्डमा प्रस्तावित भई आएका सार्वजनिक निजी साझेदारी मोडेलका सबै परियोजनालाई अघि बढाउन निर्देशन दिएका छन् । 

अर्थ मन्त्रालयमा भएको सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसारको अनुगमन तथा सहजीकरण समितिको १२औँ बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजनाहरूलाई अघि बढाउन निर्देशन दिएका हुन् । 

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लगानी बोर्डमा प्राप्त परियोजनाका प्रस्तावहरू र नीति तयारीका विषयमा जानकारी गराएका थिए ।  ज्ञवालीका अनुसार बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जल विद्युत् परियोजना, एग्रो भोल्टेक परियोजना, ग्रीन हाइड्रोजन, पोडवे लगायतका प्रस्तावहरू प्राप्त भएका छन् ।   

त्यसैगरी बैठकमा लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डबाट हालसम्म १७ खर्ब १६ अर्ब रुपैयाँ बराबरका ५५ वटा परियोजना स्वीकृत भएको जानकारी गराएका थिए । 

बैठकले वन, जग्गा, मूल्य समायोजन, प्रसारण लाइन, मुआब्जा, स्थानीय तहसँगको समन्वय लगायतका विषयमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायमा आवश्यक सहजीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट