काठमाडौँ : एमाले नेतृ उषाकिरण तिम्सेनाले महाधिवेशनको नतिजाले पार्टीमा यथास्थितिमै रहने मत बलियो देखिएको बताएकी छिन् ।निर्वाचनको परिणाम सार्वजनिक भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले महाधिवेशनले पार्टीमा परिवर्तनभन्दा पनि 'जे छ, त्यसैलाई ठिक’ मान्ने निर्णय दिएको उल्लेख गरेकी हुन् ।
पार्टीभित्र 'बदलिनु पर्छ कि पर्दैन’ भन्ने विषयमा वैचारिक बहस र विवाद रहेको उनको भनाइ छ। उनले आफू परिवर्तनको पक्षमा उभिए पनि महाधिवेशनको हलले भने हालको अवस्थालाई नै निरन्तरता दिने पक्षमा आफ्नो अभिमत प्रकट गरेको जिकिर गरिन्। 'पार्टीमा हामी बदलिनु पर्छ कि पर्दैन भन्ने विवाद थियो, तर महाधिवेशनले जे छ ठिकै छ भन्ने निर्णय दियो,’ उनले भनेकी छिन् ।
आफू चुनावी प्रतिस्पर्धामा पराजित भएको जानकारी गराउँदै उनले निर्वाचनबाट विजयी भएका सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेकी छिन्। उनी खुला महिला केन्द्रीय सदस्यमा उम्मेदवार थिइन् ।विगतदेखि नै नेतृत्वको आलोचना गर्दै आएकी उनले एमाले अध्यक्ष केपी ओलीले पद छाड्नुपर्ने सार्वजनिक रूपमै बताउने गरेकी थिइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij