Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की :  गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित २१औँ संस्करणको लेखनाथ महोत्सवको बिहीबार पोखरा–२७ को तालचोकमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक स्थिरताबिना देशमा कुनै पनि गतिविधि अगाडि बढ्न नसक्ने कुरा बताएको हो ।

यदि फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिएन भने देशमा ठूलो राजनीतिक सङ्कट निम्तने भनाइ उनको थियो । राजनीतिक स्थिरताले मात्र देशमा उद्योग व्यवसाय फस्टाउनुको साथै रोजगारी सृजना र राजस्वसमेत वृद्धि भई देशको अर्थतन्त्र बलियो हुने भनाइ उनले थियो ।प्रदेश सरकारले उद्योग व्यवसायमा लगानीमैत्री वातावरण सृजना गर्ने र उद्योग व्यवसाय सञ्चालन र विकासमा प्रदेशका कुनै ऐन कानुन बाधक भए ती ऐन कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको उनले बताए ।

गण्डकी प्रदेशमा उद्योग व्यवसाय स्थापना गर्न पोखराको लेखनाथस्थित पुडिटार र नवलपुरमा जग्गा प्राप्तिका लागि गण्डकी प्रदेश सरकारले आफ्नो योजना अगाडि वढाएको बताउँदै उनले गण्डकी प्रदेशमा उद्योग, पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको बताए।युवालाई विदेश पलायनबाट रोक्न नयाँ कामको सृजना गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रसँग सहकार्य गरेर प्रदेश सरकार अगाडि बढ्ने उनले बताए ।स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकार घरेलु मदिरालाई ब्राण्डिङ गरी सकिएको र गाँजालाई पनि घरेलु औषधिका रुपमा प्रयोगमा ल्याउने तयारीका साथ सरकार अगाडि बढेको उनकाे भनाइ छ ।

गण्डकी प्रदेशको मुस्ताङ र तिब्वत जोड्ने कोरला नाकाले तिब्बत र यस क्षेत्रको व्यापार व्यवसायमा ठूलो महत्व राख्ने हुँदा गण्डकी प्रदेशको अर्थतन्त्र बलियो बनाउन थप मद्दत पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट