नकपुर : मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारिने भएको छ ।जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री कार्यालयमा आगजनी भएपछि हाल मधेस भवनभित्र रहेको कवर्ड हलबाट अस्थायी रूपमा कार्यालय सञ्चालन हुँदै आएको छ ।
तर, उक्त स्थानमा मुख्यमन्त्रीको कार्यकक्ष समेत नहुँदा समस्या हुँदै आएको थियो । केही समयअघि गृह, सञ्चार तथा कानुन मन्त्रालयमा मन्त्री बस्ने कक्षलाई नै मुख्यमन्त्रीको कार्यकक्षका रूपमा प्रयोग गर्दै आएकोमा अब मुख्यमन्त्री कार्यालय नै सोही मन्त्रालयमा सार्ने मुख्यमन्त्रीस्तरीय निर्णय भएको छ ।मुख्यमन्त्री कार्यालयका उपसचिव रोहित कोइरालाका अनुसार उक्त निर्णय कार्यान्वयनका लागि मन्त्रालयमा आवश्यक पत्राचार समेत भइसकेको छ ।यससँगै हाल मुख्यमन्त्री कार्यालय सञ्चालन हुँदै आएको कवर्ड हलमा गृह, सञ्चार तथा कानुन मन्त्रालय सारिने तयारी गरिएको उपसचिव कोइरालाले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij