काठमाडौं : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ । बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने र साढे १० बजेभित्र नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ ।
एमाले निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलले भने, ‘कानुनी प्रक्रियाको पूर्णताका लागि केही समय लाग्यो भने पनि हाम्रो लक्ष्य साढे १० बजेसम्ममा रिजल्ट आउट गर्ने हो ।’भृकुटीमण्डपमा ८० वटा विद्युतीय मेसिनमार्फत् भोटिङ भएको थियो । २ हजार २६३ प्रतिनिधिहरुमध्ये २ हजार २२७ जनाले मतदान गरेका छन् । यसअनुसार ३६ जना अनुपस्थित भएका छन् ।
अब मुचुल्का गरी विद्युतीय भोटिङ मेसिनममा रहेका चिप्सलाई शिलबन्दी गरिने छ । त्यसपछि उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहिरुको रोहबरमा मत गणना गरिने छ ।
‘८० वटा मेसिन लक गर्नुपर्छ । यी ८० वटा मेसिन १० वटा कमाण्डबाट चलेका छन् । एउटा कमाण्डमा ८ वटा मेसिन छन् । ती मेसिनमा एक–एक वटा चिप्स हुन्छ । ती चिप्सहरुमा लाहा छाप लगाएर सुरक्षित राख्ने प्रक्रिया पूरा गर्छौं,’ प्रवक्ता पोखरेलले भने, ‘त्यसपछि उम्मेदवार र उम्मेदवारहरुको प्रतिनिधिहरुको रोहवरमा काउन्टिङको प्रक्रिया सुरु हुन्छ ।’
एमालेले भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम राखेको छ ।एमालेको नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेका केहीले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij