Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

काठमाडौँ : नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व तथा पदाधिकारी चयनका लागि बुधबार मतदान जारी रहेको छ । बिहान साढे १० बजेसम्म १६० जना प्रतिनिधिले मतदान गरेको केन्द्रीय निर्वाचन आयोगका सानुराजा पोखरेलले जानकारी दिए । महाधिवेशनमा कूल २ हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् ।

यसअघि, पार्टीको अध्यक्ष पदका प्रत्याशी रहेका केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय मेसिनबाट पहिलो मतदान गरेका थिए । आयोगका अनुसार दुवैलाई मतदान गर्न करिब ५५ मिनेट समय लागेको थियो ।

‘केही प्रतिनिधिले छिटोमा २५ मिनेटमा नै मतदान गरेका छन्,’ पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट