Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

यातायात बन्द नगरी प्रतिनिधिसभाको चुनाव गराउँदै निर्वाचन आयोग

यातायात बन्द नगरी प्रतिनिधिसभाको चुनाव गराउँदै निर्वाचन आयोग

काठमाडौँ : प्रतिनिधिसभाको चुनावका दिन यातायातमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ।मंगलवार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिएका हुन्।

उनले विगतका निर्वाचनमा दलहरूले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि योपटक यातायात बन्द नगरीकनै निर्वाचनको तयारीमा आयोग जुटेको बताए।

विश्वका कतिपय मुलुकमा यातायात बन्द गरेर निर्वाचन नहुने अभ्यास रहेको भन्दै नेपालमा पनि तदनुसार अघि बढ्ने तयारी भइरहेको उनको तर्क छ।उनले भने, ‘हामी सकेसम्म योपटक निर्वाचनका दिन सवारी आवागमनमा रोक नलगाउने पक्षमा छौँ। संसारमा कतै पनि यातायात बन्द गरेर निर्वाचन हुँदैन भन्ने छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट