Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सोलुखुम्बुबाट बलबहादुर केसीसहित १३ जनाको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस

सोलुखुम्बुबाट बलबहादुर केसीसहित १३ जनाको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस

काठमाडौं : नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधि प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फ नामहरु सिफारिस गरेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १३, समानुपातिकतर्फ ८ र राष्ट्रिय सभा उम्मेदवारका लागि २ जनाको नाम सिफारिस गरिएको छ।

प्रतिनिसभा प्रत्यक्ष उम्मेदवारका लागि बल बहादुर केसी, आङगेलु शेर्पा, विनोद बस्नेत, प्रकाश कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, शुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य,नवीन थापा, दावागेलु पाख्रीन र रीना उप्रेतीको नाम सिफारिस गरिएको छ।

प्रतिनिधिसभा समानुपातिक उम्मेदवारका लागि छत्रध्वज बस्नेत, छिन्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एककुमारी बस्नेत, गीता गुरुङ, पुजा फुयाँल, दुर्गाप्रसाद दर्जीको नाम पठाइएको छ । राष्ट्रिय सभातर्फ भोजराज कार्की र धर्म नेपालीको नाम सिफारिस गरिएको छ।

पार्टी केन्द्रको निर्देशन र विधानभन्दा बाहिर रहेर नामहरु सिफारिस गरिएको छ । विधान अनुसार एक महिला सहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । पार्टी केन्द्रले विधानको त्यही धारा अन्तर्गत रहेर नामहरु पठाउन परिपत्र गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट